site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यमा सुधार 
Argakhachi Cement Island Ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन् । 

बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

मंगलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको उनले बताए । रासस
    

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्