site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालमा अन्तर्राष्ट्रिय मलखम्ब प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपाल मलखम्ब खेलकुद संघले अन्तर्राष्ट्रिय मलखम्ब प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मलखम्ब खेलको विस्तारका निम्ति तीन वर्षअघिबाट औपचारिक रूपमा सुरु भएको थियो । संघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणमा १३ प्रशिक्षक र ७५ प्रशिक्षर्थीको सहभागिता थियो । जुलाई ८ देखि १९ सम्म भएको यो अन्तर्राष्ट्रियस्तरको लेवल वान कोर्ष भएको पनि संघले जनाएको छ । कार्यक्रममा भारत लगायतका प्रशिक्षकहरूको पनि उपस्थिति थियो ।

नेपाल अन्तर्राष्ट्रिय मलखम्ब फेडेरेसनको सदस्य राष्ट्रसमेत हो । फेडेरेसनमा अमेरिका, जापान, जर्मनी, भारत, सिंगापुरसँगै नेपालसमेत गरी कुल ६ राष्ट्र छन् । फेडेरेसनले मलखम्बको विश्वकपसमेत आयोजना गर्ने गरेको छ  । २५ देशले खेल्ने मलखम्बको तेस्रो विश्वकपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।

सन् १९३६ मा वर्लिन ओलम्पिकमा मलखम्ब प्रदर्शन गरिएको थियो । यसपटक जुलाई २६ देखि हुने पेरिस–२०२४ ओलम्पिकमा पनि मलखम्ब प्रदर्शन हुँदै छ । जसमा भारतमा पद्मश्री पुरस्कार पाएका उद्धपदेश पाण्डेले टिमको नेतृत्व गर्नेछन् । यस्तै, सन् २०२८ मा अमेरिकामा हुने लसएन्जलस ओलम्पिकमा मलखम्बलाई समावेश गरी सहभागी हुने मलखम्बका अन्तर्राष्ट्रिय प्रशिक्षक रामशरण शर्माले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro