site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सम्झनाको उत्कृष्ट ब्याटिङमा यूएईमाथि नेपालको सहज जित
SkywellSkywell

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ ।

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सम्झनाले करियरकै पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाएपछि यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेटायो ।

Dabur Nepal
NIC Asia

नेपालको जितमा ओपनर सम्झनाले अविजित ७२ रन बनाइन् । १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेकी सम्झनाले ४५ बलमा ११ चौका प्रहार गरिन् । जुन नेपालबाट सम्झनाले बनाएको पहिलो अर्धशतक हो ।

यसबाहेक, रुविना क्षेत्रीले १० रन थपिन् । सीता रानामगर र पूजा महतोले समान सात रन बनाउँदा कप्तान इन्दु बर्माले ६ र कविता कुवँरले दुई रन जोडिन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

यूएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरिन् । काविशा इगोडेजले २२ रन थपिन् । समाइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन थपे ।

नेपालकी कप्तान इन्दु बर्माले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी इन्दुले १९ रनमात्र खर्चिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै युएई, भारत र पाकिस्तान छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu