site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा सरकार सचेत : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपालीको सुरक्षामा नेपाल सरकार सचेत रहेको जनाएको छ ।

“बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ,” परराष्ट्रले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Dabur Nepal
NIC Asia

हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली दूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको परराष्ट्रले जनाएको छ ।

बंगलादेशमा रहेका नेपालीको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको पनि परराष्ट्रले बताएको छ ।

परराष्ट्रले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली दूतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गर्न सक्ने समेत जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro