site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतमा भेटियो सिमलतालबाट बेपत्ता बसका दुई यात्रुको शव
फाइल तस्बिर ।

काठमाडौं । चितवनको सिमलतालस्थित पहिरोमा परेर बेपत्ता दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । शुक्रबार बिहानसम्म हराएकामध्ये २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेको उनले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको जानकारी सशस्त्र प्रहरी बललाई गराएको छ ।

२३ शवमध्ये १४ शवको सनाखत भएको छ । आठ पुरूष र एक महिलाको  सनाखत हुन बाँकी छ ।

०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र ०३–००६ ख १५१६ नम्बरको एन्जल बस बेपत्ता भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro