काठमाडौं । एड क्लब, विज्ञापन एसोसिएसन अफ नेपाल (आएएन)ले आफ्नो नयाँ समिति गठन गरेको बताएको छ । गत असार २८ गते नै आफ्नो नयाँ कार्य समितिको गठन गरेको एड क्लबले जनाएको छ ।
एड क्लबका गर्भनर विधान राजभण्डारीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको छ । जसअन्तर्गत ज्वाइन्ट गभर्नरमा विशालपुरुश ढकाल र दीपेन्द्र टन्डन छन् । अन्य सदस्यमा आश्रा भट्टराई, अनुपमा अधिकारी, विकास खतिवडा र अनुष्का श्रेष्ठ छन् ।
समिति गठनकै कार्यक्रममा नयाँ समितिले आगामी वर्षका लागि आफ्नो दृष्टिकोण पनि प्रस्तुत गरेको छ । नेपालमा विज्ञापन र मार्केटिङ सञ्चार उद्योगमा सम्पर्क स्थापित गर्नुका साथै व्यावसायिक विकासको लागि एउटा मञ्च सिर्जना गर्ने उद्देश्य रहेको एड क्लबले जनाएको छ ।
विज्ञापन र मार्केटिङ सञ्चार क्षेत्रमा संलग्न व्यक्ति र संस्थाका लागि मञ्चको रूपमा काम गर्दै आएको एड क्लबले जनाएको छ ।
यसमा विज्ञापन एजेन्सी, कर्पोरेट मार्केटिङ विभाग, कलाकार, सञ्चारमाध्यमका साथै विज्ञापनको क्षेत्रका व्यक्तिहरू छन् ।