site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला लिगको बजेट दुई करोड २४ लाख, थपिए चार टिम

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग आयोजनाका निम्ति बजेट पारित गरेको छ । एन्फाको बुधबार बसेको कार्यसमितिको भर्चुअल बैठकबाट यो वर्ष हुने भनिएको महिला लिगका लागि दुई करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँको बजेट पारित गरिएको हो ।

कार्यसमितिका २१ मध्ये आठजनाले उक्त बैठक बहिष्कार गरेका थिए । महिला लिगमा १० टिम सहभागी गराउने निर्णय पनि बैठकबाट गरिएको छ । तीन विभागीय र तीन महिला लिग छनोटबाट आएकासहित संकटा, वाग्मती युथ क्लब, वालिङ र चन्द्रपुर नगरपालिकालाई महिला लिगमा सहभागी गराउने निर्णय गरिएको हो ।

एन्फाका प्रवक्ता सुरेश शाहले महिला फुटबललाई चलायमान र व्यावसायिक बनाउन क्लब र नगरपालिकालाई लिगमा समावेश गरिएको बताए । “महिला फुटबललाई चलायमान र व्यावसायिक बनाउन दुई क्लब र दुई नगरपालिकालाई पनि लिगमा समावेश गर्ने निर्णय भएको हो । लिगका लागि वालिङ र चन्द्रपुरले तयारी पनि गरिरहेका छन्,” शाहले बाह्रखरीसँग भने ।

आउँदो भदौ १६ गतेदेखि महिला लिग सुरु हुने एन्फाले जनाएको छ । एन्फाका अनुसार लिगको सुरुआतमा १० टिमले सिंगल राउन्ड रोबिन पद्धतिमा ४५ खेल खेल्नेछन् । यसबाट शीर्ष पाँच टिमले डबल राउन्ड रोबिनमा २० खेल खेल्नेछन् ।

त्यसपछि शीर्ष चार टिमले क्वालिफायर्स र इलिमिनेटरबाट फाइनल खेल्ने एन्फाले जनाएको छ । महिला लिगभर कुल ६९ खेल हुनेछ ।

afdag-1721218343.jpg
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro