site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रको भरोसा टुट्न दिन्नँ : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको विश्वास र भरोसा टुट्न नदिने बताएका छन् । बुधबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा उनले निजी क्षेत्रलाई राज्यले संरक्षण गर्ने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे ।

सरकारले निजी क्षेत्रलाई मान्य हुने गरी समस्याको समाधान खोज्ने उनले उल्लेख गरे । उनले आमसर्वसाधारण र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न आफ्नो ध्यानकेन्द्रित गर्ने बताए । सरकारले निजी क्षेत्रलाई नीतिगत रूपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने उनको भनाइ छ ।

मौद्रिक नीति कस्तो ल्याउने भन्ने अधिकार नेपाल राष्ट्र बैंकलाई रहेको उनले स्पष्ट पारे । मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थाको सम्बोधन गरिने विश्वास व्यक्त गरे ।

त्यसक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशीविदेशी लगानीकर्ता, उद्योगी र आमउपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्रको सुधार गर्न सबै सरोकारवाला सम्मिलित आयोग बनाउन उनले सुझाव समेत दिए ।

ढकालले नयाँ सरकारसँगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरुत्थानमा सहज हुने विश्वास व्यक्त गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro