site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुबईकी राजकुमारीले इन्स्टाग्रामबाट गरिन् डिभोर्सको घोषणा

दुबई । दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो पति शेख मनासँग डिभोर्सको घोषणा गरेकी छन् ।

यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा ‘डियर हस्ब्यान्ड’ बाट सुरु गर्दै ‘तिमी अरूसँग सहवासमा रहेकाले हामीबीच डिभोर्स घोषणा गर्छु’ भनेकी छन् ।

अन्त्यमा ‘आई डिभोर्स यु’ तीनपटक लेख्दै उनले ‘आफ्नो ख्याल गर, तिम्रो पूर्वपत्नी’ लेखेर डिभोर्स घोषणा टुंग्याएकी छन् ।

उक्त घोषणापछि दुवैले आ–आफ्नो इन्स्टाग्रामबाट एकार्काको तस्बिर हटाएर एकार्कालाई ‘ब्लक’ गरेका जनाइएको छ ।

उनीहरूबीच सन् २०२३ मार्च २२ मा इन्गेजमेन्ट भएको थियो । २०२३ मे २८ मा विवाह भएको थियो ।

उनीहरूकी एक छोरी २०२४ मेमा जन्मिएकी थिइन् । उनको घोषणापछि शिखाको इन्स्टाग्राम ह्याक भएको हो कि भनेर कतिपयले प्रश्न समेत गरेका छन् । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro