site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते

गुलरिया (बर्दिया) । बर्दियामा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । 

ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारूको मृत्यु भएको हो । सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारू घाइते भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । 

घाइते थारूको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो । रासस

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २३:१६
प्रतिक्रिया दिनुहोस्