site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
फाइल तस्बिर ।

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–४, स्याँगेमा सोमबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएको र त्यो खुलाउन प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

यो सडकअन्तर्गत मनाङखण्ड भने यही असार १८ गते साँझदेखि अवरुद्ध छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे र त्यसनजिकै पक्की मोटरेबल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् । रासस

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्