site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेपालमा सत्ता परिवर्तन : सम्पादकीय लेख्दै के भने भारतीय अखबारले ?
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक हेरफेरका विषयमा भारतका दुई प्रभावशाली अंग्रेजी दैनिकले सम्पादकीय नै लेखेर चासो प्रकट गरेका छन् । यसरी चासो दिनेमा द हिन्दुइन्डियन एक्सप्रेस छन् ।

द हिन्दुमा ‘नेपालको राजनीतिमा सिद्धान्तविहीन गठबन्धन’ भन्ने शीर्षकमा सम्पादकीय लेखिएको छ । सम्पादकीयमा पछिल्लो परिस्थितिले नेपालमा गठबन्धनको अस्थिरताको अन्त्य नहुने अवस्था देखिएको उल्लेख छ ।

Dabur Nepal
NIC Asia

द हिन्दुले विचार र सिद्धान्तमा आधारितभन्दा पनि शक्तिका निम्ति यो गठबन्धन गरिएको दाबी गरेको छ । यस्ता गतिविधिले नेपाली जनतामा निराशा मात्र ल्याउने त्यसमा चर्चा गरिएको छ ।

निचोडका रूपमा उसले नेपाल प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाँदा राम्रो हुन सक्ने सुझाव पनि दिएको छ । 

अर्को दैनिक पत्रिका इन्डियन एक्सप्रेसको सम्पादकीयमा नेपालको पछिल्लो गतिविधिलाई नयाँ दिल्लीले होसियारीपूर्वक हेरिरहेको उल्लेख छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको सद्भावलाई सकारात्मक रूपमा लिएको तर हिजो प्रधानमन्त्री बनेका केपी शर्मा ओली ‘हार्डलाइनर’ भएको र उनले सन् २०१५ को नाकाबन्दीमा प्रो–चाइना पोजिसन देखाएको जनाइएको छ । विवादास्पद नक्साका विषयमा ‘साउथ ब्लक’सँग राम्रो सम्बन्ध नभएको त्यसमा उल्लेख छ ।

चिनियाँ ‘फुटप्रिन्ट’ नेपालमा बढिरहेको भन्दै इन्डियन एक्सप्रेसले भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको र करिब आठ मिलियन नेपाली भारतमा रहेर काम गरिरहेका स्मरण गरिएको छ ।

नयाँ दिल्लीले हिमाली देशको राजनीतिमा सूक्ष्म ढंगले पोजिसन लिनुपर्नेमा सम्पादकीयमा जोड दिइएको छ । काठमाडौंमा भएको पछिल्लो राजनीतिक हेरफेरलाई बेइजिङले आफ्नो फाइदाका निम्ति प्रयोग गर्न नसकोस् भन्ने निश्चितता खोज्नुपर्ने सुझाव पनि दिइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro