site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नयाँ पद सिर्जना गरेर गण्डकीका सभामुखलाई सञ्चार विज्ञको सुविधा थप

पोखरा । गण्डकीका सभामुखलाई सरकारले थप सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले ‘गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७४’ को अनुसूची संशोधन गरेर नयाँ पद सिर्जना गरेको छ ।

यसअघि राजपत्राङ्कित तृतीय श्रेणीको स्वकीय सचिव एक जना, राजपत्र अनङ्कित प्रथम श्रेणीको स्वकीय सचिव एक जना र कार्यालय सहयोगीको सुविधा सभामुखले पाउँथे ।

तर, अहिले आएर सरकारले राजपत्राङ्कित तृतीय श्रेणीको पद सिर्जना गरेर सभामुखलाई सञ्चार विज्ञको सुविधा दिइएको हो ।

Dabur Nepal
NIC Asia

गण्डकीमा सभामुख कृष्णप्रसाद धिताल छन् । उनकै आग्रह अनुसार सरकारले ऐनको अनुसूची संशोधन गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्ले उक्त ऐनको अनुसूची २ मा संशोधन गरिएको जानकारी उनले दिए ।

राजपत्रमा प्रकाशित अनुसूची अनुसार सभामुख धितालले आफ्नो सचिवालयमा सञ्चार विज्ञ थप गर्न पाउनेछन् ।

यसअघि गत वर्ष मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त भएको दुई हप्तामै ऐनको अनुसूची सच्याएर चालकको सुविधा लिने निर्णय गरेका थिए ।

०८० वैशाख १४ गते पहिलोपटक नियुक्त भएका पाण्डेले २८ गते मन्त्रिपरिषद् बैठकबाट चालक सुविधा थपेका थिए । मुख्यमन्त्रीको सचिवालयले प्राप्त गर्ने सुविधामा तीन जना स्वकीय सचिव, दुई जना कार्यालय सहायक पाउने व्यवस्था थियो । राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची हेरफेर गर्दै एक जना हलुका सवारी चालक पनि थपिएको हो ।

प्रदेश सभाले मात्रै कुनै पनि ऐन संशोधन गर्न सक्छ । तर, ऐनको अनुसूची भने मन्त्रिपरिषद्ले नै संशोधन गर्न सक्छ । अनुसूची संशोधन गर्न पाउने अधिकारलाई लिएर गण्डकीमा पटकपटक सुविधा थपका निर्णयहरू हुने गरेका छन् ।

०७८ असोजमा तत्कालीन कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले सरकार टिकाउनका लागि साना दलले पाउने सुविधामा पनि व्यापक बढोत्तरी गरेका थिए ।

त्यतिबेला प्रदेशसभामा १० प्रतिशत सदस्य नहुने दलले संसदीय दलको मान्यता नै नपाउने गरी थ्रेसहोल्डको व्यवस्था थियो । संसदीय दलको मान्यता नपाएपछि उनीहरूले पाउने सेवासुविधा पनि थोरै थियो ।

थ्रेसहोल्ड हटाउनेदेखि अन्य थुप्रै लाभका पद पनि सिर्जना र सुविधा थप उक्त सरकारले गरेको थियो । प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुखलाई थप एक/एक जना पीएको सुविधा दिने गरी ऐन संशोधन गरिएको थियो । दलका उपनेता, दलका सचेतक भन्ने नयाँ अनुसूची थपेर सुविधा लिन उक्त ऐन संशोधन गरिएको थियो ।

त्यति नै बेला सभामुखदेखि सांसदसम्मको सुविधा दुई हजार रुपैयाँले बढाइयो । त्यतिबेला नै संशोधित ऐन अनुसार अहिले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूले सुविधा लिँदै आएका छन् । मासिक ५२ हजार २०० रुपैयाँ पारिश्रमिक पाउने सांसदको तलब बढाएर ५४ हजार २०० रुपैयाँ पुर्‍याइएको हो । संघीय सरकारले चालु आर्थिक वर्षमा सबैको तलब दुई हजार रुपैयाँले बढाएको भन्दै यहाँ सांसदको सुविधा पनि सोही अनुपातमा बढाइएको हो ।

दलका सचेतकले ५६ हजार ५२० रुपैयाँ, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक, समितिका सभापति, दलका प्रमुख सचेतकले मासिक ५८ हजार ८४०, दलको उपनेताले पनि ५८ हजार ५४० रुपैयाँ पाउँछन् ।

संसदीय दलका नेताले चाहिँ ५९ हजार ५००, उपसभामुख र विपक्षी दलका नेताले ६० तथा सभामुखले मासिक ६३ हजार ४८० रुपैयाँ लिने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro