site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण
फाइल तस्बिर ।

उदयपुर । वर्षापछि उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधमा क्षति पुगेको छ । यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण थालिएको छ ।

त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ । स्थानीयवासीसहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए ।

Dabur Nepal
NIC Asia

झन्डै ३०० मिटर लम्बाइ र १० मिटर चौडाइको भित्रपट्टिको भूभाग बरुवा नदीले कटान गरेको थियो । बोरामा बालुवा र ढुंगा राखेर तारजालीले बाँधेर अस्थायी तटबन्धन निर्माण गरिएको हो ।

त्रियुगा नगरपालिकाका वडा नम्बर–११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम अन्त्य भएको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro