site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा बालबालिकालक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही
SkywellSkywell

बेइजिङ । चीनले बालबालिकाका निम्ति हानिकारक मानिने सामग्री, भिडियो एप र सामाजिक सञ्जाल प्लेटफर्मलाई लक्षित गर्दै आफ्नो कडा नियन्त्रित इन्टरनेटमा शनिबार नयाँ कारबाहीको घोषणा गरेको छ । सत्तारूढ कम्युनिस्ट पार्टीले घरेलु वेबलाई कडाइका साथ नियमन गरी अश्लील तथा राजनीतिक रूपमा विध्वंसक मानिने सामग्रीलाई सेन्सर गर्ने भएको छ ।

शनिबार एक विज्ञप्तिमा, देशको इन्टरनेट वाचडगले इन्टरनेटमा नाबालिगको सुरक्षालाई प्रभावकारी रूपमा सुदृढ पार्न र स्वस्थ, सुरक्षित अनलाइन वातावरण सिर्जना गर्न दुई महिनाको ‘क्लियर एन्ड ब्राइट’ अभियान सुरु गरिरहेको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

यस कदमले छोटो भिडियो र लाइभ स्ट्रिमिङ प्लेटफर्म, सामाजिक मिडिया साइट, अनलाइन सपिङ प्लेटफर्म, एप स्टोर, बालबालिकाका निम्ति स्मार्ट उपकरण र नाबालिगका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित प्रमुख समस्या समाधान गर्ने चीनको साइबरस्पेस प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले १८ वर्षमुनिका बालबालिकाले अनलाइन गेम खेल्ने समय पनि गम्भीर रूपमा कटौती गरेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu