राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानुनविद्हरूसँग परामर्श गरेका हुन् ।
सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपीन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १८:५९
प्रतिक्रिया दिनुहोस्