site stats
बाह्रखरी :: Baahrakhari
देश
२४ घण्टामा पहिरोले १५ जनाको मृत्यु, टिकट काटेरमात्रै यात्रा गर्न सरकारको आग्रह

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरूसँग छलफल भएको हो ।

Argakhachi Cement Island Ad

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११ जना, म्याग्दी दुई जना, चितवनमा एकजना गरी कुल १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौंका लागि छुटेका दुईवटा रात्री बस पहिरोले बगाएको र खोजीकार्य जारी रहेको जानकारी दिए । उनले बसमा कति यात्रु थिए भन्ने यकिन तथ्यांक नभएकाले अहिलेसम्म विवरण प्राप्त हुन नसकेको बताए ।

उनले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे । उनले सुरक्षा बलले पनि बसहरूको विभिन्न ठाउँमा चेकजाँच गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्