site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुला
Tiktok banner adTiktok banner ad

मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलाइएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने उनले बताइन् ।

निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । उक्त राजमार्गमा दैनिक कति सवारीसाधन आवतजावत हुन्छन् भन्ने यकिन जानकारी सरकारी निकायसँग छैन । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro