site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्कृष्ट विद्यार्थीलाई सामसङको एसआईसी एआई सर्टिफिकेसन

काठमाडौं । सामसङले आफ्नो ‘सामसङ इन्नोभेसन क्याम्पस एआई सर्टिफिकेसन प्रोग्राम’अन्तर्गत पुलचोक इन्जिनियरिङ क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । सामसङले पुलचोक क्याम्पसमा कोडिङ एन्ड प्रोग्रामिङ कोर्स उपलब्ध गराएको थियो । त्यसमा उत्कृष्ट दश विद्यार्थीलाई कम्पनीले सामसङ एसआईसी एआई सर्टिफिकेसन प्रदान गरेको हो ।

कोर्स समापन भएसँगै त्यसमा उत्कृष्ट विद्यार्थीलाई कम्पनीले क्याम्पसमै सम्मानित गरेको हो । कोर्सको समापन कार्यक्रममा सामसङका प्रबन्ध निर्देशक सुङ जुन पार्क, क्याम्पसका डिन डा. शशिधर राम जोशी र इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरिङ विभागका असिस्टेन्ट प्रोफेसर अरुणकुमार तिमल्सिनालगायत क्याम्पसका प्रोफेसहरूको उपस्थिति थियो ।

क्याम्पसका डिन जोशीले विद्यार्थीलाई प्रविधिका क्षेत्रमा थप सशक्त बनाउने विश्वास व्यक्त गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro