site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
होला त कमलाको जीवनमा ‘टर्निङ प्वाइन्ट’ ?

वाशिङटन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस गएको शनिबार दिउँसो आफ्नो जीवनको कहानी सुनाइरहेकी थिइन् । 

न्यू ओर्लियन्स सहरमा आयोजित एक ब्ल्याक कल्चरल फेस्टिबलमा ह्यारिसले ह्वाइटहाउसमा आफूले के प्राप्त गरेँ भन्ने कुरा सुनाउँदै थिइन् । यस्तो कार्यक्रममा अमेरिकी राष्ट्रपतिको समाचार कभर गर्ने पत्रकारहरु पनि जाने गरेका छन् ।

तर, न्यू अर्लियन्सभन्दा हजार माइल टाढा वाशिंगटनमा रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पसँगको बहसमा राष्ट्रपति जो बाइडेनको निराशाजनक प्रदर्शनबाट डराएका डेमोक्र्याट नोभेम्बरमा हुने राष्ट्रपति चुनावको लागि पार्टीका उमेदवारको रुपमा ८१ वर्षीय बाइडेनको स्थानमा अरु कसैलाई ल्याउने बारेमा विचार गरिरहेका छन् ।  त्यसैले अहिले उपराष्ट्रपतिको कभर गर्ने पत्रकारहरुको संख्या पनि बढ्न थालेको छ ।

Dabur Nepal
NIC Asia

कमलाले न्यू ओर्लियन्समा भएको कार्यक्रम र पुरै सप्ताहन्तमा बाइडेनको फिटनेसको बारेमा केही पनि बताइनन् ।  उनीमाथि बाइडेनले उमेदवारी फिर्ता लिएर उनलाई सुम्पिनुपर्ने हो भन्ने प्रश्न पनि सोधिएका छन् । तर, उनी अझै बाइडेनको पक्षमा नै देखिन्छन् । 

२७ जुनमा जब सीएनएनमा बाइडेनको प्रस्तुती देखेर विरोध भइरहेको छ त्यसको कमलाले लगातार बचाउ गर्दै आएकी छन् ।  कमलाले ९० मिनेटको बहसलाई लिएर राष्ट्रपतिको कामलाई कम आँक्न नमिल्ने बताएकी छन् । 
बाइडेनले अझै पनि जोड दिएर आफू डेमोक्रेटिक पार्टीबाट उमेदवार बन्ने बताइरहेका छन् ।

बाइडेनको दाबेदारीका बावजुद जब जब उनी पछि हट्नुपर्ने माग तेज हुँदै गएको छ त्यतिबेला डेमोक्रेटिकका केही ठूलै मानिस ५९ वर्षीया कमलाको पछि लागेको देखिन्छ ।  उनीहरुलाई लागिरहेको छ कि बाइडेनको स्थान लिनका लागि कमला एक स्वाभाविक नाम हो । 

आइतबार क्यालिफोर्नियाका कंग्रेसम्यान एडम स्किफले एनबीसीको मिट द प्रेस कार्यक्रममा भनेका थिए, “बाइडेनले जसैगरी चुनाव जित्ने अवस्था होस् वा कोही सक्षम मानिसलाई जिम्मेवारी दिइयोस् ।” उनका अनुसार ट्रम्पको विरुद्धमा कमला यो चुनाव जबर्जस्त रुपमा जित्न सक्छिन् ।

कमलाको छवी

यद्यपि केही डेमोक्र्याटले यो विचारको विरोध गरेका छन् । विरोध गर्नेहरु वाइडेनका सहयोगी पनि छन् । उनीहरुको भनाइमा २०२०मा राष्ट्रपति चुनावमा डेमोक्रेटिक उमेदवारको दौडमा मतदान अघि नै कमला पछि परेकी व्यक्ति हुन् । 

उनीहरुको दृष्टिमा कमला यस्ती डेमोक्रयाट हुन् जसको ह्वाइट हाउसमा रेकर्ड त्यति राम्रो छैन । उनको अप्रुभल रेटिंग पनि राम्रो छैन । 

तर, एडम स्किफ र साउथ क्यारोलिनाका कंग्रेसम्यान जिम क्लिबर्न जस्ता सिनियर डेमोक्र्याट बाइडेन समर्थकको यो भनाइको विरुद्ध कमलालाई  स्वाभाविक उत्तराधिकारीको रुपमा अघि बढाउन चाहिरहेका छन् ।

यस्तोमा सवाल उठेको छ कि के बाइडेन पार्टीको दबाबको सामुन्ने आखिरमा घुँडा टेक्लान् त ?   डेमोक्रेटिक पार्टी  समर्थक ती चुनावी सर्भेक्षणको हवाला दिइरहेका छन् जसमा बाइडेनको तुलनामा कमलाले ट्रम्पलाई बढी चुनौती दिन सक्छिन् । 

उनीहरुका अनुसार कमलाको एक राष्ट्रिय छवी छ । उनका साथ चुनाव प्रचारका लागि पूर्वाधार पनि छ । साथै उनले युवा मतदातालाई पनि आकर्षित गर्न सक्दछिन् ।  यसले गर्दा चु्नाव हुनु भन्दा चार महिना अघि कुनै बाधा बिना नै उम्मेदवार परिवर्तन गर्न सकिन्छ ।  यदि यस्तो भयो भने ती महिलाको राजनीतिक जीवनमा एक ठूलो ‘टर्निङ्ग प्वाइन्ट’ हुनेछ  । 

जसलाई बाइडेन प्रेसिडेन्सीको एक कमजोर कडीका रुपमा मात्रै देखिँदै आएको थियो । यहाँसम्म कि राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्ने सुरुवाती महिनामा बाइडेनले उनको बारेमा भनेका थिए, “कार्य प्रगतिमा हुनुहुन्छ ।”

तथापि लामो समयदेखि डेमोक्र्याटिक पार्टीका रणनीतिकार तथा  कमलाको लागि कम्युनिकेसन डाइरेक्टरको रुपमा काम गरेका जमाल सिमन्सका अनुसार यसो भन्नु उनलाई ‘कम आकिएको मात्र’ हो । बीबीसीबाट 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro