site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एआई पोर्ट्रेट मास्टर ट्यागलाइन पाएको अनर २०० सिरिज नेपाल भित्रिँदै

काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनरको २०० सिरिज भित्र्याउने भएको छ । कम्पनीले अनर २०० र अनर २०० प्रो एआई सुविधासहित थप अपग्रेड भएर भित्रिइरहेको बताएका छन् ।

'द एआई पोर्ट्रेट मास्टर' ट्यागलाइन पाएको अनर २०० सिरिजले पेरिसको हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको छ । यहाँ एउटा फोटासुट गर्न दुई हजार युरो लाग्ने कम्पनीले जनाएको छ । यसबाट प्रिमियम पोर्ट्रेट सुटको अनुभव  फोनबाट नै लिन सक्ने कम्पनीको भनाइ छ।

Dabur Nepal
NIC Asia

के छन् फिचर
फोनमा टेलिफोटो क्यामेरा र स्न्यापड्रागन चिप छ । ५० मेगापिक्सेल पोर्ट्रेट मुख्य क्यामेरा र ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यसमा १.५ के क्वाड–कर्व्ड फ्लोटिंग डिस्प्लेमा ४००० निट्सको पीक एचडीअर ब्राइटनेस छ ।

ब्याट्री र चार्जिङ
दुवै फोनमा ५२०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । एक पटक चार्ज गर्दा ६१ घण्टा टिक्ने कम्पनीले जनाएको छ । १०० वाटको चार्जिङ सर्पोट गर्ने फोनको अनर २०० प्रोले ६६ वाटको वायरलेस चार्जिङ पनि सर्पोट गर्छ ।

पर्फर्मेन्स
स्न्यापड्यागन ८एस जेन३ प्रोसेसर रहेको अनर २०० प्रोले सिमलेस ग्राफिक्स रेन्डरिङ र तीन गिगाहर्जसम्मको सीपीयू गति दिने कम्पनीले जनाएको छ । अनर २०० प्रो नेपालमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज क्षमतामा आउने कम्पनीले जनाएको छ ।

यस्तै, स्न्यापड्यागन ७एस जेन३ चिप रहने अनर २०० मा १२ जीबी र्‍याम र २५६ र ५१२ जीबी स्टारेज भेरियन्टमा उपलब्ध हुने बताइएको छ । यी दुवै फोन एन्ड्रोइड १४ र मेजिक ओएस ८.० मा चल्ने कम्पनीले जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro