site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापा र गौरीगन्ज गाउँपालिकाका ५१ घर डुबानमा

विराटनगर । अविरल वर्षासँगै झापाको पश्चिम दक्षिण भेगका खोला तथा नदीमा आएको बाढी बस्तीतर्फ पसेको छ । यसबाट झापा र गौरीगन्ज गाउँपालिका बढी प्रभावित बनेका छन् । कतिपय स्थानका डुबानपीडितलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कन्काई नदीमा आएको बाढीले गौरीगन्ज गाउँपालिका–१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घरमा बाढी पसेको छ । 

झापा गाउँपालिका र गौरीगन्जमा असार लागेयता बाढीले बगाएर तीनजनाको मृत्यु भएको छ । एक बालक अझै बेपत्ता छन् । मंगलबार मात्र झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर रहमान आलम मियाँका तीन वर्षीय छोरा दिलसादको मृत्यु भएको छ ।

यता, रतुवा खोलामा आएको बाढीले कटानको जोखिम बढाएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । उनले भने, “नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीसहितको टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत जानकारी लिएका छौँ ।” 

रतुवाको बहाव रोक्न अस्थायी जैविक तटबन्धन (बाँसको पाइलिङ) गरिने उनले बताए । खयरबारी क्षेत्रमा हरेक वर्ष रतुवा खोलाले कटान गर्दै आएको अध्यक्ष राईले सुनाए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro