site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु, तीन घाइते
ताप्लेजुङ पहिरोको दृश्य । फाइल तस्बिर ।

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गए राति पहिरो जाँदा गोठमा सुतिरहेका सिस्ने–१ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएको थियो । तीमध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

ती बालकका बुवा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा र बहिनी नौ वर्षीया तिलसराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले जानकारी दिए । उपचारका निम्ति उनीहरूलाई रुकुमकोट पठाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्