site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सका वामपन्थी नेता भन्छन्– प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौँ  
तस्बिर : ईपीए ।

पेरिस । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्टका नेता ज्यां ल्यूक मेलेंशोंले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् ।

केही समयअघि युरोपका चार देश स्पेन, नर्वे, आयरल्यान्ड र स्लोभेनियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका थिए । आइतबार भएको दोस्रो तथा अन्तिम चरणको चुनावमा न्यु पपुलर फ्रन्ट १८२ सिटसहित सबैभन्दा अगाडि छ ।

आउँदो सरकारमा उसको भूमिका महत्त्वपूर्ण हुने चुनावी नतिजाले देखाएको छ । उनले नयाँ प्रधानमन्त्री न्यु पपुलर फ्रन्टबाट नै हुने जनाएका छन् ।

फ्रान्सको संसदीय चुनावको रुझानपछि राजधानी पेरिसका कतिपय स्थानमा हिंसा देखिएको छ । उता, वामपन्थीले रातिदेखि नै पेरिसका सडकमा जुलुस प्रदर्शन गरेका थिए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro