अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १ प्रतिशतले बढेको छ । नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यस दिन ६ अर्ब २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बढेको बजारमा मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६१ रुपैयाँ ५० पैसा कायम छ ।
१३ समूहगतमध्ये तीनवटाको परिसूचक घटेको छ । विकास बैंक, फाइनान्स र व्यापार समूहको परिसूचक घटेको हो ।
व्यापार समूहको परिसूचक २.२३ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि होटेल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक २.९६ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्