site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा पुराना घरका काठ सहर सार्न ६ महिनाको समयसीमा 

विराटनगर । कोसी प्रदेश सरकारले पुराना घरका काठ गाउँबाट सहरबजारमा स्थानान्तरणका निम्ति ६ महिना खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट ती काठ सार्न ६ महिनाको अवधि दिने निर्णय गरिएको हो । गाउँका घरका काठ स्थानान्तरण गर्न यसअघि कर तिर्नुपर्नेलगायत झन्झट थियो ।

यस्तै, निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ल्याएका केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८० खारेज गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रदेश सरकारले तीन समिति गठन समेत गरेको छ । राजनीतिक तथा प्रशासनिक समिति, कानुन, न्याय तथा प्रदेश मामिलासम्बन्धी समिति र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको हो ।

राजनीतिक तथा प्रशासनिक समितिको संयोजकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर छन् । स्वास्थ्यमन्त्री राजेन्द्र कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र पर्यटन, वन तथा वातावरणमन्त्री रामबहादुर राना सदस्य छन् ।

कानुन, न्याय तथा प्रदेश मामिलासम्बन्धी समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी छन् । सदस्यहरूमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका कानुन तथा संवैधानिक मामिला महाशाखाका सचिव छन् ।

प्रदेश सरकारले आर्थिक, सामजिक तथा पूर्वाधार समितिको संयोजकमा स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीलाई संयोजकको जिम्मेवारी दिएको छ । सदस्यहरूमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सचिव छन् ।

प्रदेश निजामती सेवा ऐन, २०७९ लाई दोस्रो संशोधन गर्न प्रदेशसभामा पेस गर्ने निर्णय समेत गरिएको कोसी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।

प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश, २०७५ लाई संशोधन गर्ने मन्त्रिपरिषदले अर्को निर्णय गरेको छ । प्रदेश कृषि व्यवसायलाई प्रवर्द्धनन अनुदान दिने भन्ने विषय रातो किताब र बजेट वक्तव्यमा पनि आएको विषयलाई संशोधन गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro