site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौबिसे–नागढुंगा सडक पाँच घण्टा बन्द हुने
फाइल तस्बिर ।

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्ड आज राति बन्द हुने गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

हिजो राति पनि सोही अवधि यो सडकखण्ड बन्द गरिएको थियो । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न थालिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।

Dabur Nepal
NIC Asia

पुलको आरसीसी विम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्ने काम भइरहेको उनले बताए । 

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा रोक्ने गरिएको छ । 

उक्त समयमा दुईपांग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के सीतापाइला सडक प्रयोग गर्न सक्नेछन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro