राजनीति
![सरकारमा सहभागी हुन माधव नेपाललाई देउवाको प्रस्ताव](https://12khari.top/uploads/posts/Deuba-Madhav-Deuba-Nepal-1719935894.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए ।
सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले बताए ।
उनका अनुसार अध्यक्ष नेपालले सभापति देउवाले गरेको प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताएका छन् । रासस
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ २१:४३
प्रतिक्रिया दिनुहोस्