site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो । 

अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । 

समितिको निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले रिटमार्फत प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गरेका छन् । विपक्षीका नाममा कारण देखाउँ आदेशसमेत जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई छलफलमा बोलाउने पनि आदेश भएको छ । त्यतिन्जेलसम्मका लागि अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिसहितलाई विपक्षी बनाइएको छ । २०८० माघ ४ मा गठित सिफारिस समितिले अध्यक्ष पदमा आवेदन माग गरेपछि १९ जनाले दिएका थिए । 

समितिमा आवेदन परेकामध्ये पाँचजना सर्टलिस्टमा छानिएका थिए । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएकामा सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठमात्र कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भएका थिए ।

अर्को पेसी असार २१ गते शुक्रबारका लागि तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro