site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गिरिजाको शताब्दी जन्मजयन्तीमा आज फोटो प्रदर्शनी 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती पारेर आज फोटो प्रदर्शनी गर्दै छ ।  

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यही असार १८ गते (आज) कोइरालाको शताब्दी जन्मजयन्तीको अवसर पारेर फोटो प्रदर्शनी गर्न लागिएको हो । ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनी गरिने भएको हो । 

Dabur Nepal
NIC Asia

प्रदर्शनीमा १५० वटाभन्दा बढी तस्बिरहरू राख्ने तयारी कांग्रेसको तयारी छ । प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालीन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्बित गर्ने तस्बिरहरू राख्ने कांग्रेसले जनाएको छ । 

“क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श गर्नेछौँ । जुन फोटोहरू २००७ सालभन्दा अगाडिका र गिरिजाबाबुसहित अन्य नेताहरूको पनि फोटो रहनेछ,” उनले भने, “१५० फोटोहरूले तीन किसिमको चरणहरूको प्रतिविम्बित गर्नेछ । एउटा क्रान्तिको बेलामा, शान्ति अथवा विकासको बारेमा र पछि शान्ति प्रक्रियासँग जोडिएका फोटोहरू हुनेछन् ।”

आजै ‘क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयमा विमर्श पनि गर्ने विश्वकर्माले बताएका छन् । जसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्नेछन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro