site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्जुनकुमारको ‘घर देश’ सार्वजनिक

काठमाडौं । गायक तथा संगीकार अर्जुनकुमारले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘घर देश’ बोलको गीतमा अर्जुनकुमारको स्वर छ । 

गीतमा स्वरसँगै शब्द र संगीत पनि अर्जुनकुमार स्वयंको छ । गीतमा घर छोडेर परदेशिने आम नेपालीको कथा छ । 

वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई गीतले समेटेको छ । आफ्नो बाटो हेरिरहनु भन्दै श्रीमती र प्रेमिकालाई फर्किएर आउँछु भनेर गरिने प्रतिबद्धताको सेरोफेरोमा गीत केन्द्रित छ । 

गीतको भिडियो पनि निर्माण गरिएको छ । दिनेश पराजुलीले खिचेको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोमा गौरव पहाडी र गीता ढुंगानाको अभिनय छ । 

वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृृत्युको खबर आउँदा समेत आफन्त झस्किनुपर्ने बाध्यतालाई भिडियोमा कैद गरिएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro