site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीलाई शौच लागेपछि रोकियो संसद् !
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बिहानको बैठक मन्त्रीको अनुपस्थितिका कारण रोकिएको छ । बैठक सुरु हुनुअघि मन्त्री सभामुख देवराज घिमिरेको सम्पर्कमा पुगेका थिए । बैठक सुरु हुँदा भने मन्त्री सदनमा देखिएनन् ।

बैठक सुरु हुँदा कोही मन्त्री उपस्थित नभएको देखिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सभामुखको ध्यानाकर्षण गराएका थिए । 

“सभामुख महोदय, सदनको काम–कारबाही सुुरु हुँदा एकजना पनि मन्त्री उपस्थित हुनु हुन्न,” यादवले भने, “नेपाल सरकारको अनुपस्थितिमा सदनको बैठक सञ्चालन हुन सक्दैन । त्यसैले ध्यानाकर्षण गराउन चाहन्छु ।”

यादवले प्रश्न उठाएपछि सभामुख घिमिरेले बैठक रोकेका हुन् । “माननीयज्यू, ध्यानाकर्षण भयो । अब यो बैठक १५ मिनेका लागि स्थगित हुन्छ,” सभामुख घिमिरेले भने ।

सम्पर्कमा आएका मन्त्री कहाँ हराए ?
संघीय संसद् सचिवालय स्रोतका अनुसार, खानेपानीमन्त्री राजेन्द्र राई संसद् बैठक सुरु हुनुअघि नै सभामुखको सम्पर्कमा पुगेका थिए । उनी आएको देखेकाले सभामुखले बैठक सुरु हुनुअघि मन्त्री उपस्थित रहे/नरहेको खोजी गर्नु परेन । बैठक सुरु हुँदा भने मन्त्री राईलाई नदेखेपछि सभामुख अप्ठ्यारोमा परेका थिए ।

सचिवालय स्रोतका अनुसार, खानेपानीमन्त्री राईलाई संसद्को घण्टी बजिसकेपछि शौच लागेछ । शौचालय गएकाले बैठकको काम–कारबाही सुरु हुँदासम्म उनी प्रधानमन्त्री तथा मन्त्रीहरूका निम्ति छुट्ट्याइएको केन्द्रभागको रोमा पुग्न भ्याएनन् । मन्त्री अनुपस्थितिका विषयमा प्रमुख प्रतिपक्षले स्वाभाविक प्रश्न उठायो र बैठक स्थगित गरियो ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro