site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
इसेभेनस्टारडटकम सञ्चालनमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले अनलाइन ट्राभल एजेन्सी इसेभेनस्टारडटकम औपचारिकरुपमा सञ्चालन ल्याएको छ ।

नेपालको ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीको रूपमा स्थापित हुन सेभेनस्टार इन्टरनेसनलले सुविधासम्पन्न वेबसाइट सञ्चालनमा ल्याएको बताएको छ ।

Agni Group
NIC Asia

असार १३ गते सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले आफ्नो कर्पोरेट कार्यालय बागबजारमा कार्यक्रमको आयोजना गर्दै एजेन्सीको औपचारिक सुरुवात गरेको हो ।

सेवा उत्कृष्टताको एक दशक मनाउँदै सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्सले हवाई टिकेटिङ् सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्मको निर्माण गरेको बताएको छ ।

Global Ime bank

“विश्व डिटिटलाइजेसनतर्फ अगाडि बढिरहँदा अबको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले अनलाइन ट्राभल एजेन्सी सञ्चालनमा ल्याएका हौँ,” कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले भने, “हाम्रो पहुँच विश्वभरको बजार र विश्वभर छरिएर रहेका उपभोक्तामा पुगेको छ । हामी हाम्रा ग्राहकलाई २४ सै घण्टा सेवा प्रदान गर्न सक्षम भएका छौँ ।”

वेबसाइटबाट खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्तीजस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएसलगायत भुक्तानी सेवा प्रदायकबाट सोझै गर्न सकिने विकल्प प्रदान गरिएको छ ।

साना ट्राभल एजेन्सीले जिडिएस सिस्टमविना विजनेस टु विजनेस पोर्टलबाट टिकट काटेर ग्राहकलाई वेच्न सकिने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय