site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघ सरकारले मुख्यमन्त्री भेला गर्न दिएन : कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले वित्तीय बाँडफाँटजस्तो गम्भीर विषयमा संघीय सरकारले अवरोध गरेको बताएका छन् । संघबाट अधिकार विन्यास नहुँदा प्रदेश सरकारलाई समस्या हुन थालेको उनले उल्लेख गरे । संघ सरकारले मुख्यमन्त्री भेला समेत गर्न नदिएको कार्कीले गुनासो गरे ।

आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सबैखालका अधिकार दिन संघ सरकार तयार नभएको जिकिर गरे । “विभिन्न अड्चन झिकेर वित्तीय बाँडफाँट समेत रोक्ने काम  भएको छ । स्रोत नदिन संघीय सरकार लागेको छ,” उनले भने ।

एकल अधिकारमा समेत संघले अंकुश लगाएको उनको आरोप थियो । मुख्यमन्त्रीको भेला समेत गर्न रोक लागाएर प्रदेशमाथि अन्याय गरिरहेको भन्दै कार्कीले २५० वर्षदेखिको केन्द्रीकृत मानसिकता अझैसम्म हट्न नसकेको बताए ।

उनले भने, “संघले हामीलाई खटाई खटाई खान दिएजस्तो गर्छ । यो अवस्था तोडेर अगाडि नबढेसम्म प्रदेशका कानुन कार्यान्वयन गर्न र प्रदेशलाई समृद्ध बनाउन सकिँदैन ।”

प्रदेशका कानुन जनतामाझ नपुगेको भन्ने गुनासोलाई सम्बोधन गर्दै यसको प्रचार गर्न कानुन व्यवसायीले समेत पर्याप्त ध्यान नदिएको उनले गुनासो गरे । “कानुन व्यवसायीहरू पनि दण्ड र सजाय भएको कानुन मात्रै ध्यान दिनुहुन्छ । सजाय र जरिवाना नहुने कानुनको मतलब पनि हुँदैन । त्यसैले सबै कानुन प्रचार गर्न सबैले जोड दिनुपर्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro