site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालले भने– पीएसम्मलाई फोन गरेँ, आलो घाउ पचाउन गाह्रो भएर ओली आएनन् 
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको महाधिवेशन उद्घाटनसत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नआएकामा गुनासो गरेका छन् । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पार्टी महाधिवेशन उद्घाटनका क्रममा आइतबार उनले आफूले पटक–पटक फोन गर्दा पनि ओलीसँग सम्पर्क नभएको सुनाए । एमाले विभाजनको घाउ पचाउन गाह्रो भएर ओली नआएको हुन सक्ने उनले टिप्पणी गरे ।

“एमाले किन आएन भन्ने जिज्ञासा होला, फोन गरेको छु, फोन लागेन । पीएलाई पटक–पटक फोन गरेको छु, मेसेज गरेको छु । पाएको सूचना आएको थियो,” उनले भने, “भर्खर तीन वर्ष भएर होला, आलो घाउ पचाउन गाह्रो भएको होला । आन्दोलनमा यस्तो भइरहन्छ ।”

Dabur Nepal
NIC Asia

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी मिलाउन मूल नेतृत्वले पहल गर्नुपर्ने बताए । समाजवादी मोर्चालाई अघि बढाउन उनले प्रस्ताव पनि गरे ।

“फोन गरेको हो, तर एउटा घटक अझै हामीसँग काम गर्न तयार भएको छैन,” ओलीप्रति इंगित गर्दै उनले भने, “जोजो मिलेर भए पनि मोर्चा अघि बढाउनुपर्छ । पार्टी बलियो भएपछि भूमिका खेल्न सक्छ ।”

उनले समाजवादलाई ‘फोकस’ गरेर आफूहरू अघि बढ्ने स्पष्ट पारे । एमालेमा विद्रोह नगरेको भए आफूहरूको अस्तित्व समाप्त भइसक्ने उनको भनाइ थियो ।

“विद्रोह नगरेको भए समाप्त हुने थियौँ । कि त राजनीतिबाट पलायन हुनुपर्थ्यो कि आत्मसमर्पण गरेर बस्नुपर्थ्यो,” उनले भने ।

ओलीप्रति इंगित गर्दै उनले संसद् विघटन ठिक थियो पुनः भन्न थालिएको उल्लेख गरे । “प्रधानमन्त्रीज्यू, विघटन ठिक थियो भन्ने फेरि सुनिन थालेको छ । हिजो ठिक थियो भन्नेले फेरि पनि भन्दिएलान्,” उनले भने ।

महाधिवेशन उद्घाटनमा राप्रपाका नेता आउने आस भए पनि किन नआएको भन्ने बुझ्न नसकिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu