site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् बैठकमै माननीयज्यूहरू घ्वारघ्वार निदाउनुहुन्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको सुनाइन् । संसद्‌मा आफूले फोटो खिच्न नपाउने उनले उल्लेख गरिन् । संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको उनले बताइन् ।

Dabur Nepal
NIC Asia

उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् । सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको उनले औँल्याइन् ।

उपसभामुख रानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।

संसद् दिवसको कार्यक्रममा उपसभामुख इन्दिरा रानाको भनाइ पढ्नोस्–
संसद्‌मा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ मान्यज्यूहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने, यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ । यी आवाजहरू एकछिनमा हामी सुन्न पाउँदैनौँ । कति बेला हिँड्दा हिँड्दा यी आवाजहरू बन्द हुन्छन् थाहा हुँदैन । हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौँ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro