site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाको एसके हाइनिक्सले एआई चिपमा ७५ अर्ब डलर लगानी गर्दै

काठमाडौं । विश्वकै दोस्रो ठूलो चिप निर्माता दक्षिण कोरियाको एसके हाइनिक्सले आर्टिफिसियल इन्टेलीजेन्स (एआई)सम्बन्धी चिप निमार्णका लागि ठूलो लगानी गर्ने भएको छ ।

कम्पनीले सन् २०२८ सम्म एआई चिपका क्षेत्रमा ७५ अर्ब अमेरिकी डलर (१०३ ट्रिलियन कोरियाली वोन) लगानी गर्ने बताएको हो । एसके ग्रुपले आफ्ना १७५ भन्दा बढी सहायक कम्पनीलाई व्यवस्थित गर्दै एआई र सेमीकन्डक्टरमा लगानी गर्ने बताएको हो ।

एसके हाइनिक्स र यसको विद्युतीय सवारीको ब्याट्री निर्माता कम्पनीले घाटा व्यहोरेका बेला कम्पनीले एआई चिप निर्माणका क्षेत्रमा लगानी गर्ने निर्णय गरेको हो ।

एसके ग्रुपले उच्च ब्यान्डविथ मेमोरी (एचबीएम) चिप्स, एआई डाटा सेन्टर र व्यक्तिगत एआई असिस्टेन्ट जस्ता एआई सेवासहित बजार विस्तार गर्ने बताएको छ ।

गत वर्ष घाटामा गएको कम्पनीले यस वर्ष २२ ट्रिलियन कोरियाली रुपैयाँ नाफा कमाउने अपेक्षा गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro