site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भेला, छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् । उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा नेता–कार्यकर्ताबीच भेटघाट, छलफल हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर महाधिवेशन सम्पन्न गर्ने संकल्प लिएको उल्लेख गरे । महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता–कार्यकर्ताको चाहना प्रशंसनीय रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा माधव नेपालको भनाइ पढ्नोस्–
पद भएन भने त कुनै संगठन नै रहँदैन । तपाईंको पत्रकार संगठनमा छैन पदहरू ? कम्युनिस्ट पार्टीमा पद चाहिँदैन ? त्यसो हुनाले पदको व्यवस्थापन स्वाभाविक रूपमा हुन्छ । सानो पार्टी हुन्छ, थोरै पदले काम चल्छ । पार्टी ठूलो हुँदै जान्छ, धेरै पदको आवश्यकता पर्छ । यसरी बुझे पनि भयो । त्यसो हुनाले पदको विषयलाई अन्य हिसाबले लिन जरुरी छैन । तपाईंले दोस्रो सोध्नुभयो, कहाँ–कहाँ भेला भइरहेको छ ? अनि, भेला नभएर के गर्छन् त, घरमा नै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरू हुन्छन् । छलफल हुन्छ । कोही रेस्टुराँमा जान्छन्, कोही होटेलमा जान्छन् । छलफल गर्दछन् । चिया खान्छन् । भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामीकहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटेलका होटेलहरू पनि भरिएका होला । त्यो होटेलमा किन गए भन्नु त भएन । तपाईंहरूको भनाईंको अर्थ के हो भने गुटबन्दी नहोस् । नेताहरू मिलेर अघि बढून । गुटले धेरै ठूलो क्षति पुर्‍याएको छ । विगतमा पनि गुटले गर्दाखेरि कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानुपरेको छ । त्यो नहोस् भन्ने तपाईंहरूको सद्भाव, तपाईंहरूको सद्भावना, चाहना अवश्य पनि प्रशंसनीय छ । त्यसकारण तपाईंहरूलाई धन्यवाद पनि छ । हामी महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौँ । नेता–कार्यकर्ताहरू त्यही दिशामा अघि बढिरहनुभएको छ । तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहलाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौँ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro