देश

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुको सहजताका निम्ति सशस्त्र प्रहरी बल नेपालले सोमबार दुईवटा बस सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वायम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल भएको छ भने भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै चक्रपथ परिक्रमा गर्नेछ ।
सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकलाई गन्तव्य सम्म पुर्याउन सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ १४:२८
प्रतिक्रिया दिनुहोस्