site stats
बाह्रखरी :: Baahrakhari
विदेश
स्लोभाकियामा रेल र बस ठोक्किँदा सातजनाको मृत्यु

ब्राटिस्लाभा । दक्षिणी स्लोभाकियामा रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सातजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएको उद्धारकर्मीहरूले बताएका छन् ।

दुर्घटना स्थानीय समयानुसार बिहीबार साँझ ५ बजेपछि दक्षिण–पश्चिमी सहर नोभे जम्की नजिकै भएको सिटिके समाचार एजेन्सीले बताएको छ ।

रेलवेका प्रवक्ता भ्लादिमिरा बाहिलोभाका अनुसार युरोसिटी रेल प्रागबाट बुडापेस्टतर्फ गइरहेको थियो । उद्धार सेवाका प्रवक्ता पेट्रा क्लिमेसोभाले घाइतेहरूलाई ‘तत्काल चिकित्सकीय सहायता’ आवश्यक रहेको बताए । बाहिलोभाले रेलका चालक लोकोमोटिभमा आगो लागेका कारण जलेको बताए ।

गृहमन्त्री माटुस सुताज एस्टोक पछि दुर्घटनास्थलमा पुगे । उनले दुर्घटनाको कारण प्राविधिक वा मानवीय विफलता थियो भन्नेबारे स्पष्ट नभएको पत्रकारहरूलाई बताए ।

स्थानीय सञ्चारमाध्यमहरूले आकाशमा बाक्लो धुँवा उडिरहेको र आंशिकरूपमा आगो लागेको रेलका साथमा सामान बोकेका यात्रुहरूको भिडियो फुटेज प्रसारण गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्