site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जबज मौकाप्रस्थको माध्यम होइन : अध्यक्ष ओली
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।

शुक्रबार नेकपा एमालेको पार्टी केद्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको स्पष्ट पारे । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताए । जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरूलाई प्रभावकारी रूपमा अघि बढाइरहेको बताए । जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको उनको भनाइ छ ।

उनले भने, "जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन ।"

Global Ime bank

फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिव ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय