site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश अध्यक्षहरूको एकमत– अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रदेश अध्यक्षहरूले पार्टी अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गर्नुपर्न निष्कर्ष निकालेका छन् । लुम्बिनी प्रदेशका अध्यक्ष साेमप्रसाद पाण्डेले आफूहरूले महाधिवेशन सर्वसम्मत बनाउनुपर्ने निष्कर्ष निकालेको जानकारी लिए ।

सम्मानित नेता झलनाथ खनाललाई अधिकारसहितकाे पद दिएर महाधिवेशन सर्वसम्मत गर्नुपर्ने उनीहरूको निचोड छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"पार्टीले लिएकाे लक्ष्य पूरा गर्न तीन  नेता चाहिने निष्कर्ष निकाल्याैँ । अध्यक्षमा माधव नेपाललाई नै एक कार्यकाल दिनुपर्छ । महासचिव घनश्याम भुसाल र सम्मानित नेतालाई अधिकारसहितकाे पद दिएर महाधिवेशन सर्वसम्मत गर्नुपर्छ," उनले भने ।

छलफलमा कोसीका बलदेव चौधरी, मधेस प्रदेशका रामचन्द्र यादव, वाग्मतीकी सावित्री भुसाल, गण्डकीका श्रीराम बराल, लुम्बिनीका पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह सहभागी थिए । त्यस्तै, उपत्यका विशेषका केदार सञ्जेल पनि सहभागी थिए ।

Global Ime bank

पाण्डेले नेपाल र खनालसँग छलफल गरेकाे र अब भुसालसँग छलफल गर्न बाकी रहेकाे बताए ।

सहमति नहुने अवस्था आए महाधिवेशनकाे हलमा आफूहरूले हस्तक्षेप गर्ने उनको भनाइ छ ।

खनालकाे सचिवालयले भने खनाललाई अध्यक्ष बनाउने गरी छलफल भएकाे दाबी गरेकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय