site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्तापक्ष पहिलो, प्रत्यक्ष निर्वाचित दोस्रो र समानुपातिक तेस्रो दर्जाका
Siddhartha BankSiddhartha Bank

पोखरा । गण्डकी प्रदेश सरकारले गएको असार १ गते २०८०/०८१ का लागि ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट ल्यायो । बजेट वक्तव्यसँगै पेस भएको विनियोजन विधेयकबारे गण्डकी प्रदेशसभामा छलफल चलिरहेको छ । वार्षिक विकास कार्यक्रम पनि सार्वजनिक भइसकेको छ । सत्तापक्षलाई धेरै बजेट पार्ने र प्रतिपक्षलाई थोरै बजेट परेपछि विरोध र समर्थन आवाज पनि संसद्मा गुन्जिएकै छ ।

प्रत्यक्ष निर्वाचितलाई धेरै र समानुपातिक निर्वाचितलाई थोरै बजेट पारिएको गुनासो पनि छ । आफूलाई विभेदमा पारिएको भन्दै समानुपातिक सांसदहरू भित्री रूपमा आफ्नै सरकारप्रति पनि रुष्ट छन् । तर, व्यक्त गर्न नसक्ने अवस्थामा देखिन्छन् ।

समानुपातिक सांसदलाई बजेटमा गरिएको विभेदमा आवाज उठ्ने गरिरहेका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा त अदालत नै जाने विषय पनि उठान भयो । प्रदेशसभा बैठकमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित प्रशिक्षण प्रतिष्ठानमाथि छलफल हुने कार्यसूची थियो । मन्त्रालयगत छलफलमा सामान्यतया विषयमा बोल्ने गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, माओवादी सांसद दमयन्ती रुचालले भने भावुक र आक्रोशित मुद्रामा समानुपातिक सांसदलाई विभेद गरिएकाबारे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री एमालेका खगराज अधिकारी र आफ्नै दलका नेता तथा पूर्वमन्त्री हरिबहादुर चुमानमाथि पनि प्रश्न राखिन् ।

नेतृत्वमा हुँदा आफ्नै दलले पनि समानुपातिक सांसदमाथि विभेद गरी कम्युनिष्ट सिद्धान्त बिर्सिएको आरोप लगाइन् । सरकारले सांसदलाई तीन दर्जामा विभाजन गरेर विभेद गरेको उनको आरोप छ । उनले भनिन्, ‘‘माननीयज्यूहरूलाई सरकारले योजना विन्यासमा ‘डिभाइड एन्ड रुल’ प्रयोग गरिरहेको छ । समानुपातिक माननीय तेस्रो दर्जाको, प्रत्यक्ष माननीय दोस्रो दर्जाको र सत्तापक्षका माननीय पहिलो दर्जाको ।’’

Global Ime bank

उनका अनुसार, समानुपातिकको हैसियत एक करोड, प्रत्यक्षको दुई करोड, सत्तापक्षका प्रत्यक्ष माननीयहरूको हैसियत पाँचदेखि १२ करोड । सरकारको कमजोर जगमा कुन मानननीयले कस्तो टेको लगाइदियो सो अनुसारको बाँडफाँट भएको देखिन्छ ।

प्रदेशसभामा बोल्नै उनले सरकारले सांसदहरूलाई बेरोजगार बनाएको आरोप लगाउँदै मुख्यमन्त्रीले रोष्ट्रमबाट जवाफ दिनुपर्ने बताइन् । ‘‘सरकारको वार्षिक कार्यतालिका खोई ?’’ उनले प्रश्न गर्दै भनिन्, ‘माननीयज्यूहरूको पहिलो दायित्व विधेयक निर्माण हो भने दोस्रो दायित्व विकास निर्माण हो । ६ महिना विकास निर्माण र ६ महिना विधेयक निर्माणका लागि छुट्याइनुपर्छ ।’’

उनले माननीयज्यूहरूलाई बेरोजगार बनाइएको टिप्पणी गरिन् । भनिन्, ‘‘हामी निर्वाचित भएर आएको पनि १८ महिना बितिसक्यो । वर्षमा दुई महिना जेठ र असार महिनाको केही दिन मात्रै हामी सदन नियमित बसेका छौँ । बजेट पास भएपछि सदन स्थगित, निरन्तर स्थगित के सदन चलाउने तरिका यही हो ? म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’’

‘‘तालिकाविहीन सरकारको कारण माननीयज्यूहरू बेरोजगार’’ टिप्पणी गर्दै भनिन्, ‘‘सरकारको ताल हेरियो, पूर्व सरकार, वर्तमान सरकार । दुःखको कुरा सरकार तालिकाविहीन छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय