site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फणिन्द्र देवकोटाले लिए दोस्रोपटक मन्त्री पदको शपथ
Siddhartha BankSiddhartha Bank

पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । देवकोटा दोस्रोपटक गण्डकीको मन्त्री बनेका हुन् ।

गएको जेठ २८ गते उनले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्ट देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नियुक्त गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेसपाको सांसद भए पनि उनको संसदीय दल नेकपा (माओवादी केन्द्र) हो । माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुँदै उनी प्रदेशसभा सदस्य बनेका हुन् । उनले पाण्डेलाई विश्वासको मत दिएपछि दलले कारबाही गरेको थियो । र, मन्त्री बनेको तीन दिनमै जेठ ३२ गते उनले सांसद पद गुमाएका थिए ।

त्यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई मन्त्रीबाट हटाइएको सूचना प्रदेश प्रमुखको कार्यालयमा दिएको थियो ।

Global Ime bank

माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए । असार १० गते सर्वोच्चले उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय