site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रिद्धिसिद्धि सिमेन्टले ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द एअर २०८१’ छात्रवृत्ति कार्यक्रम आयोजना गर्ने

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुन सञ्चालनमा ल्याएको छ । यस छात्रवृत्तिअन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीलाई लक्षित गरी उक्त छात्रवृत्ति कार्यक्रम आयोजना गरेको हो ।

एसईई परीक्षामा ३.५ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने कम्पनीले जनाएको छ । गत वर्ष आयोजना  गरिएको ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द एअर २०८० छात्रवित्ति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए ।

पछिलो वर्षको छात्रवृति कार्यक्रमको भव्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा २०८१ सालमा थप चार विद्यार्थीको संख्यामा वृद्धि गरी कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने कम्पनीले जनाएको छ।

छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा पाँच हजार, दोस्राे हुनेलाई तीन हजार ५०० रुपैयाँ, तेस्राे हुनेलाई दुई हजार ५०० रुपैयाँ साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रूपमा एक हजार ५०० रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउनेछ ।

यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट  ( www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उल्लेखित गरिएको क्यूआर कोडमा स्क्यान गरी फारम भर्न सक्नेछन् । । आवेदकको फारम बुझाउने अन्तिम मिति २०८१ असार २३ गतेसम्म तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्