बाह्रखरी फोटो
-1719390174.jpg)
काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति भन्सार वृद्धिको विरोधमा उत्रिएका छन् । सरकारले बजेटमार्फत सुनमा अव्यावहारिक भन्सार वृद्धि गरेको भन्दै बुधबार पसल नै बन्द गरेर उनीहरूले सडकमा प्रदर्शन गरेका छन् ।
न्युरोड क्षेत्रमा विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । अव्यावहारिक सुनको भन्सार वृद्धिका कारण उपभोक्तालाई महंगो पर्ने, कालीगढहरुलाई विस्थापित गर्ने अवस्था निर्माण भएको भन्दै उनीहरूले सुनचाँदी व्यवसाय तथा कालिगढमैत्री नीति निर्देशिका, ऐन तुरुन्त लागु गर्नुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ १४:०७
प्रतिक्रिया दिनुहोस्