site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थको प्रशासन प्रमुखमा १५ दिन टिकेनन् सापकोटा, बजेट महाशाखा पुगे राणा

काठमाडौं । अर्थ मन्त्रालयका पाँच सहसचिवको कार्यभार हेरफेर गरिएको छ । अर्थ मन्त्रालयको जगेडामा रहेका रामप्रसाद आचार्यलाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रशासन प्रमुख रहेका नारायण सापकोटालाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ । उनी अर्थ मन्त्रालयको प्रशासन प्रमुखमा १५ दिन पनि टिकेनन् । अर्थमन्त्री वर्षमान पुनले टोकराज पाण्डेलाई हटाएर जेठ २८ गते सापकोटालाई प्रशासन प्रमुखको जिम्मेवारी दिएका थिए । पाण्डे अहिले पनि मन्त्रालयको जगेडामै छन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा रहेका नरेन्द्रकुमार राणालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि बजेट महाशाखा प्रमुख रहेका रितेश शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकरमा भएको अनियमितताको विषयमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका छन् ।

शाक्य निलम्बनमा परेपछि अर्थमन्त्री पुनले आफ्ना विश्वासपात्र राणालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् । राणा अहिले नेपाल धितोपत्र बोर्डको अर्थ मन्त्रालयको प्रतिनिधि हुन् ।

कार्यकारी अध्यक्ष नियुक्त नभएसम्म अर्थ मन्त्रालयको प्रतिनिधि नै अध्यक्ष हुने व्यवस्था ऐनमा छ । सोही व्यवस्थाबमोजिम अहिले राणा बोर्डको अध्यक्ष हुन् ।  

अर्थ मन्त्रालय स्रोतका अनुसार सहसचिव सुशिला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकका रूपमा पठाइएको छ । भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे पनि अन्तःशुल्क स्टिकर प्रकरणमा मुछिएपछि निलम्बनमा परेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro