site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन : अर्थमन्त्री पुन
Argakhachi Cement Island Ad

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ लगानीकर्ताबाट लगानी प्रोत्साहित र पुँजीवृद्धिको लागि संशोधन गरिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो स्पष्टीकरण दिएका हुन् । 

उनले सरकारले लगानीका लागि करसम्बन्धी व्यवस्थामा केही लचिलो बनाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिन खोजेको बताए । सकारात्मक दृष्टिकोणका साथ आर्थिक विधेयकमार्फत आयकर ऐनको दफा ५७ मा गरिएको व्यवस्थाका बारेमा अनुमानका आधारमा लगानीकर्ताको मनोवल गिराउने गरी टिप्पणी गर्न उपयुक्त नहुने स्पष्ट पारे । 

आयकर ऐनको सो दफामा भएको वर्तमान व्यवस्थाअनुसार तीन वर्षको अवधिमा कुनै पनि कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भयो भने सो निकायले आफ्नो सम्पत्ति तथा दायित्व निःसर्ग गरेको मानिने बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्