site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी लुटियो दुई करोड : प्रहरी नै संलग्न, मामा मुख्य योजनाकार

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटका डिल्लीबहादुर राउतको घरबाट दुई करोड रुपैयाँ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले ३५ वर्षीय राउतको घरबाट लुटपाट गर्ने चारजनालाई पक्राउ गरेको हो । उनीहरूले गत असार ४ मा लुटपाट गरेका थिए । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाइली, सोही ठाउँकै ३१ वर्षीय भीमबहादुर तामाङ, ३८ वर्षीय कृष्णबहादुर बोहरा, ओखलढुंगाको मानेभञ्ज्याङका मुनाराज राई छन् ।

Dabur Nepal
NIC Asia

पक्राउ परेका चारजनालाई कार्यालयको टोलीले मंगलबार सार्वजनिक गरेको हो । उनीहरूमध्ये रसाइली र तामाङलाई भक्तपुरबाट, राईलाई ओखलढुंगाबाट र बोहरालाई महाराजगञ्जबाट विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

उनीहरूले आफूहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेका थिए । पक्राउ परेकाहरूमध्ये बोहरा प्रहरी हवल्दार हुन् ।

448928249_428199313521055_5961716124410443632_n-1719307461.jpg
 

यसरी बुनेका थिए लुटपाटको योजना

घटनाको अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेको नेतृत्वमा टोली खटाएको थियो । दिउँसै भएको घटनालाई कार्यालयको टोलीले विशेष प्रविधि विश्लेषण गरेर अनुसन्धान गरेको थियो । सोही कारण घटनाको एक हप्तामै प्रहरीले लुटपाटमा संलग्न चारजनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दै जाँदा लुटपाट घटनामा मुख्य योजनाकार डिल्लीबहादुरकै मामा कुलबहादुर खत्री रहेको खुलाएको छ । डिल्ली र कुलबहादुर दुवै वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने गरेको खुलेको छ । 

डिल्लीबहादुरको घरमा करोडौँ रुपैयाँ रहेको सूचना कुलबहादुरले सुजनलाई सुनाएका थिए । विभिन्न आपराधिक गतिविधिमा सक्रिय सुजनलाई उक्त सूचना पुगेपछि भने लुटपाटको योजना बन्यो । 

त्यसका लागि सुजनलाई कुलबहादुरले डिल्लीको घरसमेत देखाए । सोही योजनामा सुजनले सिन्धुपाल्चोकका भीमलाई सामेल गराए । भीममार्फत मुनाराज र प्रहरी हवल्दार बोहरा सुजनसँग जोडिए । चारजनाको भेटपछि भने उनीहरूले प्रहरी नै बनेर घरभित्र जाने योजना बनाए । घरभित्र खानतलासी गरेर रकम लुटपाट गर्ने योजना उनीहरूले बनाए ।

प्रहरीका अनुसार लुटपाटअघि भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर एन्ड पिज्जा पोइन्टमा बसेर चारैजनाले लुटपाटको योजना बनाएको खुलेको छ । त्यसपछि भने उनीहरू खुकुरीसहित दिउँसो १ बजे डिल्लीबहादुरको घरमा पुगेका थिए । आफूहरू सीआईबीकै प्रहरी भएको बताएर दुई करोड रुपैयाँ लुटपाट गरेका हुन् । कुलबहादुर भने हाल फरार छन् । 

448631330_1508388883446701_8595674707195689480_n-1719313178.jpg
 

यसरी परे प्रहरीको फन्दामा

घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेर लुटेरा समूह भाग्दा समेत घरधनी डिल्लीबहादुरले भने प्रहरीलाई खबर गरेनन् । दिउँसो १ बजे भएको घटनाबारे प्रहरीले बेलुका ५ बजेमात्रै थाहा पायो ।

प्रहरीलाई डिल्लीबहादुर आफैँले खबर गरेनन् । साथीमार्फत सूचना पुगेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाइ छ । त्यतिबेलासम्म लुटेराले गोकर्णेश्वर नगरपालिका–४, माकलबारी पुगेर रकम बाँडफाँट गरिसकेका थिए । 

रकम बाँडफाँटपछि भने कुलबहादुर र लुटेरा चारजना नै छुट्टिए । यता प्रहरीलाई अनुसन्धान गर्न चुनौती थपिएको थियो ।

घटना शंकास्पद र घरधनीकै भूमिकाको बारेमासमेत प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले लुटपाट भएको समय डिल्लीको घरअघिको सडकमा गुडेका कारदेखि मोटरसाइकलबारे सीसी क्यामेराको दृश्यमार्फत विश्लेषण ग¥यो । त्यही विश्लेषणका आधारमा प्रहरीले सुरुमा १५ वटा मोटरसाइकलमाथि अनुसन्धान थाल्यो ।

मोटरसाइकलको विवरण यातायात कार्यालयमार्फत झिकाएर सम्बधित धनीसँग सोधपुछ गरे । सोही क्रममा शंकास्पद रूपमा डिल्लीबहादुरको घरमा पुगेका दुई वटा सवारीमाथि अनुसन्धान गर्दै जाँदा लुटपाटमा संलग्न चारजनालाई पक्राउ गर्न सफल भएको हो ।

लुटपाटको रकम बाँडफाँटपछि पक्राउ परेका सुजन र भीम सिन्धुपाल्चोकको तातोपानी हुँदै दोलखाको कालिञ्चोक पुगेका थिए । त्यहाँबाट फर्किँदै गर्दा भक्तपुरको साँगाबाट ७ असारमा पक्राउ परेका हुन् ।

उनीहरू पक्राउपछि घटनामा मुनाराज र प्रहरी हवल्दार बोहरासमेत संलग्न रहेको खुलेको छ । सोमबार उनीहरूसमेत पक्राउ परेका हुन् ।

प्रहरीको अनुसन्धानका क्रममा भीम र प्रहरी हवल्दार बोहरा स्कुल पढ्दादेखिकै साथी हुन् । प्रहरीले पक्राउ गरेका चारजनाकै साथबाट लुटपाट गर्न प्रयोग गरिएको दुई वटा मोटरसाइकल, मोबाइल १० थान, खुकुरी र ३६ लाख रुपैयाँ नगद बरामद गरेको छ ।

लुटिएको रकममध्ये सबैभन्दा बढी डिल्लीबहादुरकै मामा कुलबहादुरले लिएको खुलेको छ । केही रकम भने पक्राउ परेकाहरूले खर्च गरेको कार्यालयका एसएसपी भट्टराईले जानकारी दिए । 

पक्राउ परेकामध्ये सुजन २०७६ सालमा नक्कली सुन देखाइ लुटपाट गरेको घटनामा जेल बसेर छुटेको समेत पाइएको छ । उनी अभद्र र चोरी डकैतीमा मुद्दामा समेत पक्राउ परेर छुटेको खुलेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro