site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रहरी हुँ’ भन्दै व्यवसायीको घरबाट दुई करोड लुुटपाट 

काठमाडौं । भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार/पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको भक्तपुर प्रहरीले जनाएको छ । 

“हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ । हालसम्म कोही पक्राउ परेको छैन,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी देव विष्टले बाह्रखरीसँग भने । 

घटना मंगलबार रातिको भए पनि ढिलो सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा चार/पाँचजनाको समूह व्यवसायीको घरमा गएको देखिएको छ । सोही फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro